Comments Add Comment

शरीरको भाषा बुझौं

जब कुनै दुषित भोजन गर्छौं, तब शरीरले के गर्छ ?

वान्ता हुनसक्छ, झाडापखला लाग्न सक्छ । यसको अर्थ शरीरभित्र रहेको विषाक्त पदार्थ बाहिर निस्किएको हो । त्यसो भए वान्ता हुनु, झाडापखला लाग्नु शरीरले गल्ती गरेको हो ? यदि हामी खराब खानेकुरा खान्छौं, त्यसमा रहेको विषाक्त तत्व शरीरमा जम्मा हुन्छ । त्यसले भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुर्‍याउँछ । त्यसैले यस्ता खानेकुरा खाएपछि शरीरले जुन किसिमको प्रतिक्रिया जनाउँछ, त्यो राम्रो हो ।

हामीलाई ज्वरो आउँछ । ज्वरो आउनसाथ हामी दबाई खाएर त्यसलाई दबाउने प्रयत्न गर्छौं । तर, शरीरमा कतिपय असन्तुलन भए, ज्वरो आउँछ । शरीरको तापमान बढ्छ । यसरी तापमान बढ्दा शरीरमा ब्याक्टेरिया वा भाइरसको बृद्धिदर कम हुन्छ । संक्रमणको संभावनालाई कम गर्ने प्राकृतिक उपाय हो । अब सोच्नुहोस् त, ज्वरो हाम्रो सत्रु हो ?

खोकी लाग्नु पनि राम्रै हो । यदि त्यसो नहुँदो हो त हामी हजारौं रुपैयाँ खर्च गरेर पनि फोक्सोको कफ निकाल्न सक्दैनौं । खोकी लाग्नु भनेको फोक्सोको रक्षा गर्नु हो ।

अक्सर जब शरीरमा कुनै पीडा हुन्छ वा दुखाई अनुभव हुन्छ, त्यसलाई दबाउनका लागि घातक पेनकिलर सेवन गर्छन् । तर, शरीरका यस्ता दुखाई आफैमा समस्या होइन । बरु संकेत हो । यो संकेतले के भन्छ भने, तिम्रो शरीरमा केही गडबड छ । तुरुन्तै उपचार गर्नुपर्छ ।

हाम्रो शरीरमा रहेको हीलिङ पावरले कतिपय रोगको स्वत् उपचार गरिरहेकै हुन्छ । कतिपय समस्या ठिक गरिरहेकै हुन्छ ।

जब उक्त हिलिङ पावरलाई तपाईंको सक्रियता चाहिन्छ, तब त्यसले संकेत पठाउँछ । ताकि, तपाईं उक्त समस्यालाई ठिक गर्नका लागि सहयोग गर्नुहोस् ।

तर, हामी यस्ता संकेतलाई बुझ्दैनौ र दबाउने प्रयास गर्छौं । कुनैपनि रोग लाग्नुअघि त्यसले संकेत गर्छ । शरीरका अंगमा केही न केही पीडा अनुभूत हुन्छ । यस्ता पीडाले संकेत गर्छ कि हाम्रो शरीरमा केही खराबी हुँदैछ ।

रोगको लक्षण

धेरै चिकित्सक अक्सर रोगको लक्षणको उपचार गर्छन् । अहिलेको चिकित्सा पद्धती त रोगको लक्षणमाथि नै उपचार गर्नमा केन्दि्रत छ । अर्थात शरीरमा कुनै लक्षण देखापर्छ, हाम्रा चिकित्सक त्यसैको उपचार गर्छन् । जबकी लक्षण आफैमा रोग होइन, बरु त्यसले अरु नै रोगको संकेत गरिरहेको हुन्छ ।

हामी लक्षणलाई दबाउँछ । नतिजा, भयानक रोगको शिकार बन्छौं ।

सामान्य कुरालाई रोग ठान्ने

हरेक दिन चिकित्सककहाँ यस्ता रोगी आइरहेका हुन्छन्, जो सामान्य कुरालाई रोग सम्झेर उपचारका लागि भड्किइरहेका हुन्छन् ।

जस्तो कतिलाई दिसा गर्नमा समस्या भइरहेको हुन्छ । हामी भन्छौं, हरेक दिन मल त्याग गर्नुपर्छ, नभए कब्जियत हुन्छ । यो भ्रम हो । जबकी दुई तीन दिनमा एक पटक मल त्याग गर्नु पनि त्यती असामान्य होइन । यो तथ्यलाई नबुझेर मान्छेहरु कब्जियत हटाउने चूर्ण सेवन गरिरहेका हुन्छन् । र, आफ्नो आन्द्रालाई खराब गरिरहेका हुन्छन् ।

कहिले काही सास बढ्न सक्छ, कहिले मांसपेशी दुख्न सक्छ, कहिले आँखा बिझाउन सक्छ । यी सामान्य कुरा हुन् । तर, हामी यसैलाई रोग पो होला कि भनेर डराउँछौं ।

दबाईको कुरा

चिकित्सा क्षेत्रमा एउटा ठूलो भ्रम के छ भने, रोग केवल दबाई अर्थात औषधीले मात्र ठिक हुन्छ । तर, दबाईले भन्दा बढी अन्य कुराले रोग ठिक हुन्छ । जस्तो सकारात्मक सोंच, यात्रा, धार्मिक कार्य, आरम, निद्रा, योगा, कसरत आदि रोगबाट मुक्ति पाउने सर्वोत्तम विकल्प हुन् ।

चिकित्सकले कुनैपनि रोगको लक्षण हेरर त्यसको औषधी दिन्छन् । उपचारको लागि सिफारिस गर्छन् । तर, शरीरको भाषा फरक हुन्छ । शरीरसँग यस्तो क्षमता हुन्छ, जसले प्राकृतिक रुपमै कतिपय रोग निर्मुल गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment