Comments Add Comment

प्रदेश २ मा राष्ट्रियसभा मतदान जारी, मुख्यमन्त्रीले खसाले पहिलो भोट

९ माघ, काठमाडौं । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश २ मा पनि बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको छ । बिहान १० बजेदेखि जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा मतदान सुरु भएको हो ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गरे । प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उप प्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ । मतदान दिउँसो ४ बजेसम्म हुने निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार बिहान ११ः३० बजेसम्म सय जनाले मतदान गरेका छन् ।

प्रदेश २ मा ३ सय ७९ जना मतदाता रहेका छन् । प्रदेशमा १ सय ७ जना सांसद छन् भने १ सय ३६ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय ७२ जना छन् ।

राष्ट्रियसभा सदस्यको चार पदका लागि दुई गठबन्धनबाट आठ जनाको उम्मेदबारी परेको छ । नेकपा–राजपा र कांग्रेस–समाजवादी पार्टीले गठबन्धन बनाएर उम्मेदबारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment