+
+
Shares

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्सबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १३:४३

९ माघ, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसोसियशन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ ।

इजरायलको हिब्रु राइटर्स एसोसिएसनको निमन्त्रणामा इजरायल पुगेका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र एशोसिशयनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एशोसियनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख तथा विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।

इजरायलका लागि नेपाली राजदूत शाक्यले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भएको यस्तो कार्यक्रमले इजरायल र नेपालबीचको सम्वन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीचको सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान आदनप्रधानमा सहयोग पुग्ने बताए ।

त्यसैगरी सम्झौतापत्रमा हस्ताक्षर गरेपछि उपकुलपति उप्रेतीले पनि यस्ता सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुपादको आदनप्रदानमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?