Comments Add Comment

मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन : श्रेष्ठ

९ माघ, काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् ।

बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट निर्वाचित भएका हुन् । लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा भूमिका खेल्ने प्रतिक्रिया दिए ।

मन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै सोच्ने कुरा भएन । दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’

उनले अघि भने, पार्टीले निर्णय गरेर राष्ट्रियसभा सदस्य बनाएको हो, त्यो जिम्मेवारी पुरा गर्छु । नेतृत्वको हिसावले हिजो जिम्मेवारी निर्वाह गर्दै आइरहेको अवस्थामा आज राष्ट्रियसभा सदस्य भएपछि कसरी भूमिका निर्वाह गर्ने भनेर पार्टीले निर्णय गर्छ, त्यही अनुसार हुन्छ ।’

व्यक्तिगत कुनै आकांक्षा नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment