Comments Add Comment

बाली भण्डारण : एक उपेक्षित यात्रा

फलफूल र तरकारीहरू कार्बोहाइड्रेट, भिटामिन, खनिज र फाइबरको महत्वपूर्ण स्रोत हुन् र मानव पोषणमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् । यी पोषकहरू तब मात्र उपलब्ध हुन्छन् यदि ती उत्पादनहरू उनीहरूको आवश्यक कृषिगत तरिका अनुसार उत्पादन गरिन्छ र उनीहरूको आधारभूत शरीरविज्ञान विचार गरी हृयान्डल गरिन्छ ।

सामन्यरुपमा भन्दा बाली काटेेपछिका सबै गतिविधिहरूलाई ‘पोस्ट हार्भेस्ट अपरेशन’ भनिन्छ । यसमा विविध दायरामा आधारित गतिविधिहरु समावेश हुन्छन्, जुन अन्तिम उपभोक्तासम्म पुगी उत्पादित वस्तुको गुणस्तर कायम राख्न जिम्मेवार हुन्छन् ।

गुणस्तर नै उत्पादनको समग्र उत्कृष्टता हो, र यो तब मात्र हुन्छ, जब आशा गरिएअनुरुप उत्पादनमा सबै ताजापन र पोषक तत्वहरू उपलब्ध हुन्छन् । र, यो उत्पादनको व्यवस्थापनसँग सम्बन्धित छ । सन् २०१२ मा प्रकाशित गौतम र भट्टराइको लेख अनुसार नेपालमा ताजा उत्पादन पश्चात २०-५० प्रतिशत उत्पादित बस्तुको नोक्सान हुने गर्दछ ।

पोस्टहारभेस्ट घाटा कम गर्न र ताजा उत्पादनको गुणस्तर र सुरक्षा सुधार गर्न अब प्रयासहरू आवश्यक छन, जसमा आपूर्ति श्रृंखलामा हाम्रा हृयान्डलिङ अभ्यासहरूको पूर्ण विश्लेषण गर्न जरुरी छ । पोस्टहारभेस्टमा प्रयोग हुने विभिन्न प्रबिधिको लागत प्रभावकारिता र बजार मार्फत गुणस्तरीय ताजा उत्पादनको माग, यी दुबै कुरा पोस्टहर्भेस्ट प्रणाली लागू गर्नको लागि प्रमुख चालक हुन सक्दछन ।

नेपालको वर्तमान अवस्था

नेपालमा कृषि उत्पादन, विशेषत बागवानी क्षेत्रका ताजा उत्पादनहरू लामो समयदेखि खराब पोस्ट हारभेस्ट मार्फत व्यवस्थापन गरिँदै आइएको छ । कृषकहरू र अन्य सरोकारवालाहरूले उपलब्ध स्रोतको उत्तम व्यवस्थापनको माध्यम मार्फत उत्पादकत्व वृद्धिमा बढी प्रयत्न गरिरहेका छन ।
दुर्भाग्यवश, कडा परिश्रम पश्चात गरिएको उत्पादन कटाईको समयमा र त्यसपछि आपूर्ति श्रृंखलाको प्रत्येक बिन्दुमा अनुचित अभ्यास प्राप्त गर्न थाल्दछ । यदि अनुचित पोस्टहार्वेस्ट अभ्यास भयो भने यसले उत्पादित ताजा वस्तुको गुणात्मक कुराहरु जस्तै संपादन, पौष्टिक मूल्य, क्यालोरिक मूल्य र उपभोक्ता स्वीकार्यता अनि मात्रात्मक (शारीरिक) कुराहरुमा पनि हानी नोक्सानी हुने गर्छ । उत्पादन पछि हुने लापरवाही र यसबाट सिर्जित पोस्टहरवेस्ट घाटाको मात्रा एक बालीदेखि अर्को बालीसम्म फरक पर्न सक्छ ।

नेपालमा पोस्ट हार्भेस्ट व्यवस्थापनसम्बन्धी सीप र ज्ञान बृद्धि गर्न विभिन्न स्रोतहरू विस्तार भएतापनि पोस्ट हार्भेस्ट व्यवस्थापनको अभ्यास निकै नै कम हुने गर्छ । वर्षौंदेखि विभिन्न संस्थाहरूद्वारा प्रशिक्षण र प्रदर्शनको माध्यमबाट फलफूल भित्र्याउने सामग्रीहरू क्रिपर वा अन्य डिजाइन गरिएको उपकरणहरू कसरी प्रयोग गर्ने भनेर सिकाए पनि सायद कम नै अभ्यास गरिएको छ ।

स्थानीय प्रदूषित नदीको किनारमा पातजन्य तरकारीहरू (रायो, पालुंगो इत्यादि) र जरा बाली (गाजर, मूली) धुने र सडकको किनार तरकारी र फलफूल बेचेको देखिनु असामान्य कुरा होइन । यी उदाहरणहरू ‘थाहा नहुनु’ भन्दा पनि एउटा लापरवाहीे र अर्को बाध्यता पनि हो ।

सुरूआत विन्दु

उपयुक्त उपकरणहरू प्रयोग गरेर फसल भित्र्याउनु र उपयुक्त फसल राख्ने झोला वा कन्टेनरको प्रयोग गनैु नै पोस्ट हार्भेस्ट गुणस्तर कायम राख्नका लागि गरिने सुरूवाती बिन्दु हो । ताजा उत्पादित वस्तु एक जीवित तन्तु हो, यसमा श्वासप्रश्वास र अन्य शारीरिक क्रियाकलापहरू हुने भएकाले यसलाई टिपिसकेपछि उक्त क्रियाकलापहरू तुरुन्तै न्यूनतममा ल्याउनुपर्छ । यसका निम्ति वस्तुको तापक्रम घटाउन चिस्यान वा तापक्रम सन्तुलित पोलीहाउस मार्फत काम गर्न सम्भव छ । उत्पादन गरिएको वस्तुको क्रमवद्ध, ग्रेडिंग, प्याकेजिङ र सफा गर्नु नै महत्वपूर्ण पोस्टहरभेस्ट अपरेसन हो । जसले गर्दा जीवाणुहरू, रोग निम्त्याउने जीवहरूबाट मुक्त गराउन सक्छ र तिनीहरूको एक समान प्रस्तुतीकरणले आकर्षक बनाउँछ ।

यदि ती मेशिनहरू उपलब्ध छैनन् वा किफायती छैनन् भने कुनै पनि उत्पादनका लागि कृषकहरु स्वयम क्रमबद्ध र ग्रेडिंग अपरेशन गर्न सक्दछन र यो सम्भव पनि छ । यी अपरेशनले उत्पादनको राम्रो बजार र थप मूल्य दिन्छ । सफाइ, क्रमवद्ध, ग्रेडिङ, प्याकिङ र प्याकेजिङ अपरेसनले गर्दा सफा, एक समान र आकर्षक उत्पादन देखिन्छ ।

यी उत्पादनलाई ब्याग, क्रेटहरू, वा सˆट लाइनरहरू प्रदान गरिएको कुनै पनि र्फम कन्टेनरमा राखियो भने यसले उत्पादनलाई बाहृय भारबाट साथै यातायात र बजार हृयान्डलिङको अन्य चरणहरूमा हुने हानीको जोखिमबाट बचाउन सक्छ ।

पातजन्य तरकारीहरु प्लास्टिकको फिल्मले ढाकिएको बन्चमा प्याक गर्नको लागि उत्तम उपयुक्त हुन्छन् तर सुन्तला र स्याउजस्ता उत्पादनहरू क्रेट, कार्टुन र ट्रेमा अझ राम्ररी प्याक गर्न सकिन्छ ।

लामो वा छोटो दूरीको यातायातको समयमा तापमानको व्यवस्थापन ताजा उत्पादनका लागि महत्वपूर्ण छ, किनकि समशितोष्ण फलले (४-८) डिग्रीको तापमानको माग गर्छ र उष्ण कटिबन्धीय फलहरूका लागि (१२-१५) डिग्रीको तापमान आवश्यक पर्दछ । पातजन्य तरकारीहरू र ताजा काटिएका उत्पादनहरूलाई आर्द्रता व्यवस्थापनमा थप विचार आवश्यक पर्छ ।

प्रमुख चालकहरु

उपभोक्ताहरूको तिर्ने क्षमता वृद्घसिँगै उनीहरुमा उत्तम गुणस्तरको ताजा उत्पादन खोजी गर्ने बानी विकास भएको छ । यसैले उपभोक्ताहरू नै उत्तम पोस्ट हार्भेस्ट व्यवस्थापन र बागवानी उद्योगमा लगानीका लागि प्रमुख चालक हुन् । उत्पादकत्व बढाउँदा गरिने लगानि भन्दा पोस्ट हार्भेस्ट घाटा कम गर्नुका साथै सस्तो पनि हुन्छ ।

तसर्थ, उपभोक्ताहरूलाई गुणस्तरीय ताजा उत्पादनको स्वास्थ्य लाभका बारे चेतना अभिवृद्धि गरी आपूर्ति श्रृंखलामा ताजा उत्पादनको गुणस्तर कायम राख्न राम्रो सुविधा र उपकरणहरूमा लगानी गर्न निर्देशनहरू दिइनुपर्छ ।

(लेखक बरिष्ठ कृषि अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment