Comments Add Comment

छापामा आज : स्थानीय तहमा कमाइभन्दा कर धेरै

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचन र भ्रष्टाचारबारे ट्रान्सपरेन्सीले दिएको प्रतिवेदनलाई आजका अखबारहरूले प्राथमिकतापूर्वक छापेका छन् । यसबाहेक स्थानीय तहको कर, मन्त्रिपरिषदले गरेका निर्णयलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

‘स्थानीय तहमा अचाक्ली कर’ शीर्षक दिएर कान्तिपुरले स्थानीय तहको करबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार स्थानीय तहले कमाइभन्दा पनि कर बढी लिन थालेका छन् ।

विभिन्न स्थानीय तहले लिँदै आइरहेको करको दृष्टान्त प्रस्तुत गर्दै कान्तिपुरले लेखेको छ– स्थानीय सरकार सञ्चालनका लागि भन्दै नगर र गाउँपालिकाहरूले करको दर र दायरा दुवै बढाएपछि स्थानीय बासिन्दा चर्को मारमा परेको गुनासो गर्न थालेका छन् । बढी कर उठाउनकै लागि मूल्यांकन बढाइदिएपछि परम्परागत खेतीकिसानीका भरमा जीविका चलाउँदै आएका सर्वसाधारण जग्गाको कर तिर्न अब ऋण लिनुपर्ने वा बेच्नुपर्ने अवस्था आइलागेको बताइरहेका छन् । कतिपय स्थानीय तहले त वस्तुभाउको चरीचरन र उपचारमा समेत कर असुल्न थालेका छन् ।

माघ १३ गते हुने आफ्नै बिहेको कार्ड बाँड्न हिँडेकी युवतीको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएकोबारे कान्तिपुरले मर्मस्पर्शी रूपमा समाचार बनाएको छ । बिहेको कार्ड बाँड्दै हिँडेकी कञ्चनपुर महेन्द्रनगरकी रमिना भट्टको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

राष्ट्रियसभा निर्वाचन परिणामबारे अन्नपूर्णले विश्लेषण गरेको छ । अन्नपूर्णका अनुसार राष्ट्रियसभामा अब विपक्षी नाम मात्रको भएका छन् ।

बिहीबार १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेन । १६ मा नेकपा र २ मा राजपाले जित निकालेका छन् ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा परे पनि सरकारले पूर्वतयारी नगरेको भन्दै नागरिकले चिन्ता व्यक्त गरेको छ भने कारोबारमा सेनामा सुधारसँगै नेपालको भ्रष्टाचार सूचकांकमा सुधार भएको खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment