Comments Add Comment

लिभरपुललाई फेरि १६ अंकको अग्रता

काठमाडौं । लिग लिगर लिभरपुलले प्रिमियर लिगमा फेरि १६ अंकको अग्रता बनाएको छ । बिहीबार राति भएको एक मात्र खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो ।

रोवर्टो फिर्मिनोले खेल सकिन ६ मिनेटअघि लिभरपुलका लागि निर्णायक गोल गरे ।

त्यसअघि खेलको आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

राहुल जिमेनेजले ५१ औं मिनेटमा घरेलु टोली उल्भ्सका लागि बराबरी गोल फर्काए । तर ८४ औं मिनेटमा फिर्मिनो गोल गर्दै लिभरपुललाई जिताए ।

जितपछि लिभरपुलले २२ खेलबाट ६७ अंक जोडेको छ । साविक विजेता म्यानचेष्टर सिटी २४ खेलबाट ५१ अंकसहित दोस्रो छ ।

लिभरपुलले पाँच दिनपछि वेष्टहत्रमसँग खेल्दैछ । जसमा अझै अग्रता बढाउने अवसर छ ।

यस सिजनको अपराजित टिम लिभरपुलले २३ मध्ये २२ खेल जित्दा १ खेल बराबरी खेलेको थियो । यस्तै लिगमा ४० खेलसम्म अपराजित लिभरपुलले पछिल्ला १४ खेलमा लगातार जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment