Comments Add Comment

‘दि कर्मा’को ‘साना साना सपना’ सार्वजनिक

चलचित्र ‘दि कर्मा’मा समावेश ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ । माघको १७ गतेबाट रिलिज हुने यो चलचित्रको यो गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकितबाबु अधिकारीको संगीत, मानसकै शब्द छ ।

यो गीतको भिडियोमा चलचित्रका कलाकार जय राज राय र संगीता नापितलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा जय र संगीताको प्रेमभाव प्रस्तुत गरिएको छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रले भारत र नेपालको बोर्डरमा हुने अपराधिक घटनाको कथालाई प्रस्तुत गर्छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जयराज राय हुन् ।

उनी आफैले लेखेको चलचित्रमा श्रीदेव बीएल र निशा खतिवडाको लगानी छ भने शारदा खड्का यसको सह–निर्माता हुन् । चलचित्रमा परमिता आरएल राणा, करण वर्मा, नीता ढुंगाना, वुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment