Comments Add Comment

शिक्षकको आन्दोलनविरुद्ध विद्यार्थीले लगाए विद्यालयमा ताला

१० माघ, कैलाली । कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा विद्यार्थीले तालाबन्दी गरेका छन् । नियमित पठनपाठन हुनुपर्ने माग राख्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षक तथा कर्मचारीहरूले आफूहरूको सेवा सुविधा वृद्धिको माग गर्दै पेन डाउन गरेपछि पठनपाठन प्रभावित भएको थियो ।

शिक्षकहरूको आन्दोलनलेे पढाइ प्रभाबित भएको भन्दै विद्यार्थीहरु नै आन्दोलनमा उत्रिएका हुन् । प्राध्यापक संघले बिहीबारदेखि सेवा सुविधा थप गर्नु पर्ने भन्दै पेन डाउन गरेको हो ।

शिक्षकहरूको पेन डाउनका कारण विद्यार्थीलाई अध्ययनमा समस्या भएको भन्दै तालाबन्दी गरेको विद्यार्थी युनियनका अध्यक्ष छत्र कठायतले बताए ।

विद्यार्थीहरूले शुक्रवार प्रशासन, लेखा र विभागहरूमा ताला लगाएका छन् । शिक्षक र प्रशासनवीच वार्ता गरेर पठाइ सुरु गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।

आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment