+
+
Shares

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १७:५०

१० माघ, काठमाडौं । दैलेखमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भगवतीमाई गाउँपालिका-४ मन्घरस्थित सडकमा भे१त ९७७० नम्बारको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका-५ कट्टीका २० वर्षीय भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक २९ वर्षीय दीपक विक र ट्याक्टरमा सवार २० वर्षीय ललित बिक रहेका छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?