Comments Add Comment

यी हुन् विश्वका सर्वाधिक मूल्यवान ३० टेक्नोलोजी ब्राण्ड, अमेजन शीर्ष स्थानमा

विश्वका सबैभन्दा मूल्यवान ब्राण्डको पछिल्लो सूची सार्वजनिक भएको छ । ब्राण्ड फाइनान्सले ब्राण्ड भ्यालूको आधारमा विश्वका सर्वाधिक मूल्यवान ५०० वटा ब्राण्डहरुको सूची तयार पारेको हो ।

सन् २०२० को द ब्राण्ड फाइनान्स ग्लोबल ५०० नामक उक्त सूचिमा टेक्नोलोजी, बैंक, वित्त, विमा, विभिन्न व्यवसायिक ब्राण्डहरु लगायतका छन् ।

कम्पनीको ब्राण्ड स्वामित्वकर्ताले आफ्ना ब्राण्डलाई खुल्ला बजारमा लाइसेन्सिङ बापत प्राप्त गरेको खूद आर्थिक मूनाफालाई ब्राण्ड मूल्य निर्धारणको आधार मानिएको छ । कम्पनीको सफलतामा ब्राण्डको सबलताले खेलेको अदृश्य भूमिका यसमा मापन हुन्छ ।

पछिल्लो सूचि अनुसार अमेरिकी कम्पनी अमेजनले लगातार तेश्रो वर्षपनि विश्वको सर्वाधिक ठूलो ब्राण्डको रुपमा शीर्ष स्थान कायम गर्न सफल भएको छ । यसका साथै अमेजन २ सय खर्ब डलर भन्दा अधिक मूल्य भएको विश्वको ब्राण्ड बन्न पनि सफल भएको छ । अमेजनलाई गुगल र एप्पलले पछ्याइरहेका छन् । विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डमध्ये प्रविधि क्षेत्रका सर्वाधिक मूल्यवान ३० शीर्ष ब्राण्डहरु यी हुन्ः

१. अमेजन : ब्राण्ड मूल्य २ खर्ब २० अर्ब डलर

२. गुगल : ब्राण्ड मूल्य १ खर्ब ५९ अर्ब डलर

३. एप्पल : ब्राण्ड मूल्य १ खर्ब ४० अर्ब डलर

४. माइक्रोसफ्ट : चौथो स्थानमा रहेको माइक्रोसफ्टको ब्राण्ड मूल्य १ खर्ब १७ अर्ब डलर रहेको छ ।

५. सामसुङ : विश्वको टप फाइभ ब्राण्डमा अमेरिका बाहिरको पहिलो कम्पनी बन्न सफल सामसुङको ब्राण्ड भ्यालू करीब ९४ अर्ब ५० करोड डलर रहेको छ ।

६. फेसबुक : छैटौँ स्थानको फेसबुकको ब्राण्डभ्यालू ७९ अर्ब ८० करोड डलर रहेको छ ।

७. हुवावे : सातौँ सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल हुवावेको ब्राण्ड भ्यालू ६५ अर्ब ८ करोड डलर रहेको छ ।

८. विच्याट : चिनिया कम्पनी विच्याटको ब्राण्ड भ्यालू ५४ अर्ब १७ करोड डलर रहेको छ ।

९. युट्युब : विश्वको सर्वाधिक लोकपि्रय भिडियो स्टि्रमिङ्ग प्लाटर्फम युट्युब विश्वको नबौँ सर्वाधिक लोकपि्रय ब्राण्ड बनेकेा छ । युट्युबको ब्राण्ड भ्यालू जम्मा ३७ अर्ब ८५ करोड डलररहेको छ ।

१०. आइबिएम : अमेरिकी ब्राण्ड आइबिएम टप टेन ब्राण्डमा पर्न सफल भएको छ । यसको ब्राण्ड भ्यालू करीब ३३ अर्ब ३६ करोड डलर रहेको छ ।

त्यस्तै सूचीको ११ औँ स्थानमा फेसबुक मातहतको इन्स्टाग्राम छ भने बाह्रौँ स्थानमा इन्टेल रहेको छ । तेह्रौँ स्थानमा ओरेकल कम्पनी रहँदा सिस्को चौथौँ स्थानमा रहेको छ । त्यस्तै भोडाफोन पन्ध्रौँ, डेल सोह्रौँ, एलजी सत्रौँ, एसएपी अठारौँ, सफ्टब्यांक १९ औँ र हिटाची २० औँ मूल्यवान ब्राण्ड बनेको छ ।

विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचिमा २१ औँ स्थानमा अनलाइन पेमेन्ट ब्राण्ड पेपल रहँदा सोनी २२ औँ स्थानमा परेको छ । त्यस्तै टेस्ला २३ औँ तथा प्यानासोनिक २४ औँ मूल्यवान ब्राण्ड बनेका छन् ।

२५ औँ स्थानमा सेल्सफोर्स २५ रहँदा कुनै समय मोबाइल बजारको बादशाह नोकिया २६ औँ स्थानमा परेको छ । त्यस्तै क्यानोन २७ औँ, एडोब २८ औँ, एचपी २९ औँ र चिनिया ब्राण्ड बाइडु प्रविधि क्षेत्रको तिसौँ मूल्यवान ब्राण्ड बनेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment