Comments Add Comment

छापामा आज : ऐन बदलेर जनप्रतिनिधिलाई झन् धेरै सुविधा दिने तयारी

१२ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषय उठान गरेका छन् ।

‘शीर्षक बदलेर झन् बढी सुविधा’ शीर्षक दिएर कान्तिपुरले जनप्रतिनिधिको सुविधा बढाउन भइरहेको चलखेलबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सर्वोच्च अदालतले ३ महिनाअघि ६ वटा प्रदेशका कानून खारेज गरेपछि पारिश्रमिक लिन नपाएका जनप्रतिनिधिलाई पहिलेभन्दा झन् धेरै दिनेगरी ऐन संशोधनको तयारी गरिएको छ ।

कान्तिपुर लेख्छ– पारिश्रमिक कटौती भएपछि खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जानसमेत छाडेका छन् । उनहरूले सुविधासम्बन्धी विशेष व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् । जनप्रतिनिधिका यही माग सम्बोधन गर्न प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सरकारले ऐन संशोधन गर्न लागेका हुन ।’

कोरोना भाइरस संक्रमित बिरामीलाई शुक्रराज ट्रपिकल सेन्टरले डिस्चार्ज गरेको अर्को खबर पनि कान्तिपुरमा छ । संक्रमितको ल्याब टेस्ट रिपोर्ट नआउँदै अस्पतालले बिरामीलाई डिस्चार्ज गरेको हो ।

कान्तिपुर लेख्छ– नमूना परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । शुक्रबार पुष्टि भएको रिपोर्ट आउँदा ती बिरामी डिस्चार्ज भइसकेका थिए ।’

भाइरस संक्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमूना परीक्षणकै बेला किन घर पठाइयो भन्ने प्रश्न यतिबेला टड्कारो बनेको समाचारमा उल्लेख छ ।

रक्षा मन्त्रालयले सैन्य गुप्तचरीलाई बलियो बनाउने गरी कानून ल्याउन लागेको खबर नागरिकले छापेको छ भने अन्नपूर्णले कुसुन्डा भाषाको मूल स्रोत अन्य भएको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment