Comments Add Comment

चेल्सी एफए कपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै चेल्सीले अघिल्लो चरणमा स्थान बनाएको हो ।

लण्डन क्लब चेल्सीका लागि मिची बात्सुईले खेलको छैटौं मिनेटमै पहिलो गोल गरेका थिए । फिकायो तोमोरीले ६४औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । हलका लागि कमिल ग्रोसिकीले ७८ औं मिनेटमा एक शान्त्वना गोल फर्काए ।

सन् १९८८ यता चेल्सी हलसँग पराजित भएको छैन । त्यसयता खेलिएको १६ मध्ये १४ खेल चेल्सीले जित्दा दुई खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक चेल्सी १९८८ मै हलसँग ३–० ले पराजित भएको थियो ।

चेल्सी अन्तिम १६ मा पुग्दा अर्को लण्डन क्लब टोटनह्याम हट्सपरले भने रिप्ले म्याच खेल्नुपर्ने भएको छ ।

साउथ ह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएपछि टोटनह्यामले फेरि खेल्नुपर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment