Comments Add Comment

हेटौडामा ‘कोपिला’को च्यारेटी शो

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको घटनालाई पर्दामा उतारिएको चलचित्र ‘कोपिला’को च्यारेटी शो हेटौडामा सम्पन्न भएको छ । शुक्रबार आयोजित च्यारेटी शोमा निर्मलाकी आमा दुर्गादेवी पन्तको साथमा चलचित्रका कलाकारको उपस्थिती थियो ।

चलचित्रका मुख्य कलाकार गणेश गिरी, सरिता गिरी, संजिवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य लगायतका कलाकार च्यारेटी शोमा उपस्थित थिए । मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शोमा निर्मलाकी आमा दुर्गादेवीलाई आभार पत्रसहित नगद पचास हजार प्रदान गरिएको थियो ।

चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवाषराज काफ्ले, जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

चलचित्रमा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन् । दर्शकलेउनको अभिनयलाई मन पराए । यस्तै, चलचित्रमा कलाकार सरिता गिरीको भूमिकालाई पनि दर्शकले तारिफ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment