Comments Add Comment

‘कमाण्डर’मा अनुपले किन डबिङ गरेनन् ?

शुक्रबारबाट नयाँ नेपाली चलचित्र ‘कमान्डर’ हलमा लागेको छ । चलचित्रको मुख्य भूमिकामा नायक अनुपविक्रम शाहीले काम गरेका छन् । तर, चलचित्र हेर्न पुगेका दर्शकले त्यतीबेला खल्लो माने, जतिबेला उनीहरुले चलचित्रमा अनुपको आवाज नै नभएको थाहा पाए । अनुपले आफ्नो चलचित्रप्रति माया नदेखाएको दर्शकलाई भान भयो । न उनले चलचित्रको पूर्ण छायांकनका लागि समय दिए, न डबिङ नै गरे । प्रचार–प्रसारमा पनि उनी देखिएनन् ।

निर्माता विवेक सापकोटाले अनुपले चलचित्रको पुरा छायांकन नै नगर्दा आफूहरुलाई निकै घाटा भएको गुनासो गरे । उनले भने–‘उहाँको एक गीत थियो । त्यो गीत पनि खिच्न पाएनौँ । गीतसँगै केही प्रेमका दृष्यहरु पनि हामीले खिच्न पाएनौँ । त्यसले चलचित्रलाई नै अपूर्ण बनाइदियो ।’

सधै व्यस्त भएको भन्दै अनुपविक्रमले चलचित्रको लागि समय नदिएको निर्माता सापकोटाले बताए । उनले भने–‘उहाँ कहिले विदेश, कहिले कता । सधै व्यस्त भइरहनु भयो । उहाँलाई कुरेर पनि बस्न सकिएन । केही दृष्यहरु खिच्न बाँकी रहेपनि हामीले चलचित्रलाई मिलाएर नै रिलिज गर्यौ ।’

निर्माणपक्षले अनुपलाई चलचित्रको डबिङको लागि सम्पर्क नै गरेन । अनुपविक्रमको दृष्यमा सुरेन्द्र शाहले आवाज दिए । अनुपले यती धेरै बेवास्ता गर्दा पनि निर्मातामा कुनै रिस भने छैन । सापकोटाले भने–‘सधै कुरा एकतर्फी सोचेर हुन्न । उहाँको समय मिलेन नै होला । त्यसैले उहाँको कुरा पनि बुझ्नपर्छ ।’

अनुप विक्रमको गुनासो पनि उस्तै छ । अनुपले भने–‘काम सुरु गर्दा यस्तो उस्तो गर्छु भन्नुभएको थियो । त्यो पछि गर्नुभएन । उहाँहरुले मलाई झुक्याएर काम गराउनु भयो । यो धोका हो ।’

अनुप चलचित्रबाट आफूले पारिश्रमिक पनि नलिएको बताउँछन् । उनले थपे–‘यसका भित्री कुराहरु धेरै छन् । त्यसको पछि नलागौँ । कुरा यत्ति हो, उहाँहरुले धोका दिएकाले मैले पारिश्रमिक पनि नलिइ छोडेको हुँ ।’

नायक अनुप विक्रम शाहीले आफूलाई साइन गराउने बेलामा निर्माताले थुप्रै आश्वासन देखाउने तर पछि त्यो केही पनि पुरा नगर्ने गरेको गुनासो गर्दै आएका छन् । चलचित्र ‘कमाण्डर’ हलमा रिलिज भएपनि व्यापार भने निकै कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment