+
+

देशभरको मौसम बदली, तराईमा कुहिरो र हुस्सु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १४:३७

१२ माघ, काठमाडौं । आइतबार विहानदेखि देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ ।

काठमाडौं उपत्यकामा पनि अकाशमा बादल लागेकाले घाम लागेको छैन । घाम नलागेका कारण देशभरको मौसम चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार तराई क्षेत्रमा बाक्लो कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बदली भएको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आइतबार विहान साढे ७ बजे भैरहवा, जनकपुर र विराटनगरमा पनि विहानको भिजिविलिटी निकै कम रहेको छ ।

पूर्वी पहाडी क्षेत्रमा भने पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताइन् । अन्य क्षेत्रमा पनि भने पानी पर्ने सम्भावना कम छ ।

आइतबार दिउँसोदेखि नै मौसम खुल्ने उनको भनाइ छ । पूर्वी भूभागमा रहेको न्युनचापीय मौसम प्रणलीका कारण बदली भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?