Comments Add Comment

होटेल-रिसोर्टले संशोधित मापदण्ड ६ महिनाभित्र पुरा गर्नैपर्ने

१२ माघ, काठमाडौं । होटेल-रिसोर्ट तथा सबै आतिथ्य सेवा दिने सेवा प्रदायक कम्पनीले हालै संशोधन भएको नयाँ मापदण्ड ६ महिनाभित्र अनिवार्य लागू गर्नुपर्ने भएको छ ।

पर्यटन विभागले होटेल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट सबै सेवा प्रदायकले ६ महिनाभित्र नयाँ नयाँ मापदण्डमा जानुपर्ने गरी सूचना जारी गरेको छ ।

सरकारले ७ पुसमा राजपत्रमा सूचना प्रकाशित गरी होटेल तथा रिसोर्टको नयाँ मापदण्ड ल्याएको थियो ।

पछिल्लो समय अघिल्लो साता दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा अधिक चिसोका कारण हिटर बालेर सुत्दा ८ भारतीय पर्यटकको ज्यान गएको थियो । यस दूर्घटनामा रिसोर्टको मापदण्डमाथि प्रश्न उठेको छ । घटनाका सम्बन्धमा विभागले छानविन समेत गरिरहेको छ ।

पर्यटन विभागका अनुसार अब वर्गीकरणका लागि विभागमा आउने सबै आतिथ्य सेवा प्रदायक कम्पनीले अनिवार्य तोकेको मापदण्ड परा गरेको हुनुपर्छ । स्तर निर्धारणको अनुमति माग गर्न आउने सबै होटेल तथा रिसोर्टले अनिवार्य मापदण्ड पुरा गर्नुपर्ने र यसअघि नै सञ्चालनमा रहेका होटेल-रिसोर्टले ६ महिनाभित्र यस्तो मापदण्ड पुरा गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment