Comments Add Comment

उपसभामुख माग्न कमण्डलु लिएर आएका छैनौं : कांग्रेस

१२ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको प्रतिक्रिया दिएको छ ।

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेपछि उपसभामुखका लागि बार्गेनिङ गरेको टिकाटिप्पणी भयो । सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने निर्णय जानकारी गराए ।

यसलाई लिएर बाहिर घटीबढी चर्चा भएको भन्दै उनले भने, ‘कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं ।’

संविधान बनाउने क्रममा सत्तालाई सहज हुने उपसभामुख खोजीका लागि फरक दलबाट सभामुख र उपसपसभामुख हुनुपर्ने व्यवस्था नगरिएको भन्दै उनले त्यसको मर्म सत्तारुढ दलले बुझ्ला नबुझ्ला वा बुझेर पनि बुझ पचाउँला उसकै विषय भएको कांग्रेस सांसद रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment