Comments Add Comment

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन ६ गते, २८ खेलका खेलाडीलाई सम्मान गरिने

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन पहिलो साता आयोजना हुने भएको छ ।

एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै २०७५ सालको अवार्ड फागुन ६ गते प्रदान गरिने जानकारी गराएको छ । २०७५ सालमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा यो अवार्ड प्रदान गरिन लागेको हो । अवार्ड कार्यक्रम यस पटक काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुनेछ ।

भिजिट नेपाल २०२० मनाइरहेको बेला विश्व सम्पदा सूचीमा समावेश स्थलमा खेलकुद अवार्ड कार्यक्रम गर्दा यसले पनि सकारात्मक सन्देश जाने एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले बताए । त्यसका लागि आयोजकले काठमाडौं महानगरपालिकासंग सहकार्य गरेको बताए ।

आयोजक एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा खेलाडीलाई सम्मान गर्ने जनाएको छ । यस वर्ष   २८ खेलका एक-एक उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । उत्कृष्ट खेलाडीले नगद १०-१० हजार पाउनेछन् ।

यस्तै २८ खेलका उत्कृष्ट त्यसमध्येबाट उत्कृष्ट एक महिला र एक पुरुष खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा गरिनेछ । उत्कृष्ट पुरुष र महिला खेलाडीले नगद १-१ लाख प्राप्त गर्ने एनएनआईपीएका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उक्त नगद रकम ग्लोबल आइएमई बैंकले प्रायोजन गर्नेछ । गत वर्ष नै एनएनआईपीएले जनता बैंकसंग ५ वर्षको लागि सम्झौता गरेको थियो । तर जनता बैंक ग्लोबल आइएमईसंग मर्ज भएकोले अब ग्लोबल आइएमईले नै प्रायोजन गर्ने अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष भारोत्तोलनका कमल बहादुर अधिकारी र करातेकी अनु अधिकारी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

ग्लोबल आईएमई बैंकका प्रतिनिधि छबिलाल हुमागाईंले अवार्ड कार्यक्रमसँग जोडिन पाउँदा बैंक गौरवान्वित भएको बताए ।

यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस,कबड्डी, फेन्सिङ,स्क्वास,सेपाताक्रो, साइक्लिङ, स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराँस, रोलर स्पोर्ट्स, बास्केटबल,तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन,कराते,जुडो,उसु,आर्चरी, एथलेटिक्स, गल्फ र कुस्तीका उत्कृष्ट खेलाडीलाई सम्मानित गरिनेछ । सम्बन्धित संघको सिफारिसको आधारमा खेलाडीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ सम्मान बाट बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले ३५ हजार नगद प्राप्त गर्नेछन् । गत वर्ष २५ हजार राशी रहेकोमा यस पटक गजराज जोशी ट्रष्टल  १० हजार बढाएको एनएनआईपीएका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै एकजना खेल पत्रकारलाई नगद २५ हजारसहित एनएनआईपीए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने आयोजकले जनाएको छ ।

यस पटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment