Comments Add Comment

सावित्राको एक मात्र गोलमा गोकुलम केरलाको जित

काठमाडौं । नेपाली राष्ट्रिय टीमकी फरवार्ड सावित्रा भण्डारीले हिरो इन्डियन वुमन्स लिगको पहिलो खेलमै गोल गर्दै टिमलाई जिताएकी छिन् । उनकै एक मात्र गोलमा गोकुलम केरला एफसीले श्रीभूमि एफसीलाई १-० ले पराजित गरेको छ ।

गत सिजन सेथु एफसीबाट खेल्दै टिमलाई च्याम्पियन बनाउन भूमिका खेलेकी सावित्राले यस सिजन नयाँ टिमबाट खेलेकी हुन् ।

पहिलो खेलमा जित हात पारेपछि गोकुलमले ३ अंक जोडेको छ । गोकुलम समूह बी मा तेस्रो स्थानमा छ । समान ३ अंक भए पनि केनक्रे एफसी र बैंगलोर युनाइटेड गोकुलम केराभन्दा अघि छन् ।

लिगमा कूल १२ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गत सिजन को च्याम्पियन टोली सेथु एफसी समूह ए मा छ ।

सावित्राको राष्ट्रिय टिममेट अनिता बस्नेत भने यस सिजन पनि सेथुबाटै खेलिरहेकी छिन् । दुवै खेलाडीले गत सिजन सेथुबाट सँगै खेलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment