+
+
Shares

विदेश जाने श्रम स्वीकृतिको लागि अब अनलाइनबाटै बीमा  

सन नेपाल लाइफ इन्स्योरेन्स बन्यो पहिलो सेवा प्रदायक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १८:५५

१२ माघ, काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवनबीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । अब कामदारले श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्नेछैन।

अनलाइन बीमाका  लागि वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

यो बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा वीमा नवीकरण गराउनुका साथै त्यसको भुक्तानीको व्यवस्था मिलाउने महानिर्देशक भीष्मकुमार भुसालले बताए ।

त्यसरी जारी भएको बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनु पर्नेछ । कम्पनीको जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्ने उनले बताए । अबको एक हप्ताभित्र यो सेवा प्रारम्भ गरिसक्नु पर्ने गरी सम्झौता भएको हो ।

उक्त सेवा वापत बीमा कम्पनीले सेवाग्राहीबाट कुनै थप शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।  वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफू कार्यरत देश वा उक्त देश हेर्ने नेपाली कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्ने वित्तिकै बीमा पोलिसी अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था पनि गर्नुपर्ने भुसालले बताए । बीमित ब्यक्तिले आफूले तिरेको प्रिमियमको रकम अनलाइनबाटै हेर्न सक्ने व्यवस्था मिलाइनेछ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?