Comments Add Comment

शहीद ‘ए’ डिभिजन लिगमा आज पुलिससँग एपीएफ र मछिन्द्रसँग थ्री स्टार भिड्दै

१३ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि नवौं चरणका खेल सुरु अहुँदैछ । आठौं चरणसम्मको खेल हुँदा उपाधि होड रोमाञ्चक बनेको छ । प्रत्येक चरणपछि उपाधिको समीकरण रोचक बन्दै गएको छ ।

नवौं चरणको पहिलो दिन उपाधिका दुई दाबेदार मछिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दैछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने यस खेलले उपाधि समीकरणमा प्रभाव पार्नेछ नै यसै सिजन थ्री स्टारबाट केही खेलाडी मछिन्द्र गएकोले प्रतिष्ठाको लडाइँ पनि हुनेछ ।

मछिन्द्रले यस सिजन साविक विजेता मनाङसहित थ्री स्टारबाट पनि नाम चलेका खेलाडी भित्र्याएर उपाधि जित्ने लक्ष्य राखेको छ । मनाङबाट ८ खेलाडी ल्याएको मछिन्द्रले थ्री स्टारबाट दुई डिफेण्डर विजय र रन्जित धिमाल भित्र्याएको छ । त्यस्तै, विदेशी खेलाडी पिटर सेगुनसहित फरवार्ड बुद्ध चेम्जोङलाई यसै सिजनमा अनुबन्ध गरिएको छ ।

त्यसैले यो खेललाई चासोका साथ हेरिएको छ । यसअघि मनाङ र मछिन्द्रबीचको खेल २–२ को बराबरीमा सकिएको थियो। थ्री स्टारका प्रशिक्षक मेघराज केसी सकरात्मक नतिजा आए दुवै टोलीलाई फाइदा हुने नत्र उपाधि होड नै कठिन हुने बताउँछन् ।

उता, मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि ३ अंककै लागि खेल्ने बताए । तर कप्तान विराज महर्जन र सुजल श्रेष्ठको चोट अनि अभिषेक रिजालको अनुपस्थितिले मछिन्द्रलाई केही धक्का लागेको छ ।

८ खेलपछि मछिन्द्र १६ अंकसहित दोस्रो स्थानमा रहँदा १४ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ । मछिन्द्रले जित हात पारे १९ अंक जोड्दै शीर्ष स्थानमा उक्लनेछ । बराबरी भए लिग लिडर बर्मीसंग अंक बराबरी गर्नेछ । बराबरीले थ्री स्टारले १५ अंक जोड्नेछ । तर मछिन्द्र पराजित भएमा उपाधि होड अझै रोचक हुनेछ । थ्री स्टारले बर्मी समान १७ अंक पुर्‍याउनेछ भने मछिन्द्र तेस्रो स्थानमा झर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment