+
+
Shares

गुल्मीमा स्मार्ट फोनको टावरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १२:४४

१३ माघ, गुल्मी । गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा आगजनी भएको छ । धुर्कोट गाउँपालिका-६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

टावरमा क्षति पुगेका कारण स्मार्ट फोनको नेटवर्क अवरुद्ध भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।

करिब ५ वर्षदेखि उक्त स्थानमा स्मार्ट फोन कम्पनीले टावर राखेको थियो ।

आगजनीका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?