Comments Add Comment

पैदल हिँड्नुको फाइदा : स्वस्थ मुटु, तन्दुरुस्त ज्यान

पैदल हिँड्नु स्वास्थ्यका लागि अति लाभदायक छ । यद्यपि हामी पैदल हिँड्नु अल्छी मान्छौं । पैदल हिँड्दा समय बर्वाद भएको ठान्छौं । शहरमा धूलो, धुँवाले गर्दा पनि पैदल हिँड्न केही कठिाइनाई छ । जबकी पैदल हिँड्ने हो भने न समयको बर्वाद हुन्छ, न स्वास्थ्यमा क्षति नै ।

पैदल हिँड्दा शरीरको समुचित व्यायाम हुन्छ । जब तपाईं फटाफट हिँड्न थाल्नुहुन्छ, तपाईंका हात, खुट्टा लगायत सबै अंग सक्रिय हुन्छ । कुनैपनि अंगलाई भार पर्दैन । समुचित ढंगले सबैको व्यायाम हुन्छ ।

यद्यपि दश, पन्ध्र मिनेटको बाटोमा पनि हामी गाडी चढ्छौं । कार्यलय आउजाउ गर्दा गाडी नभई हुन्न । किनमेल गर्न जाँदा गाडी नै चाहिन्छ । हामीमा हिँड्ने बानी छैन । हिँड्न हामीलाई जाँगर चल्दैन । न व्यायाम गर्छौं, न पैदल हिँड्न जाँगर चलाउँछौं । त्यही कारण हाम्रो शरीर जिर्ण र रोगी हुँदै जान्छ । औषधी खाने अवस्थामा पुगिसकेपछि मात्र व्यायाम गर्नुपर्ने रहेछ भनेर हाम्रो चेत खुल्छ । जबकी सामान्य काममा पनि हिँडडुल गर्ने बानीको विकास गर्ने हो भने यस्ता सानातिनो रोगले शरीरलाई केही गर्न सक्दैन ।

त्यसैले दिनमा केही न केही वाहाना गरेर भएपनि हिँड्ने गरौं । पैदल हिँडौं । छोटो दुरीमा कार्यलय छ भने पैदल हिँड्दै पुग्नु उत्तम हो । यसले गर्दा अतिरिक्त व्यायाम गर्ने समय खर्च हुँदैन ।

पैदल हिँड्दा मांशपेशीदेखि मस्तिष्कसम्मलाई फाइदा पुग्छ । जब तपाईं फटाफट हिँड्न गर्नुहुन्छ, मांशपेशी, हड्डी, जोर्नी लगायतको स्वत व्यायाम हुन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो समस्या भएकाहरुले त हिँड्नु अरु फाइदाजनक छ ।

स्वस्थ्य मुटु

पैदल हिँड्ने मान्छेको मुटु स्वस्थ्य हुन्छ । पैदल हिँड्दा मुटुलाई निकै फाइदा पुग्छ । चिकित्सकका अनुसार कोलेस्टोरलाई सन्तुलित राख्नका लागि सही खानपानसँगै दैनिक तीस मिनेट हिँड्नु अनिवार्य छ ।

बलियो हड्डी

नियमित हिँडडुल गर्दा हड्डी तथा जोर्नीलाई पनि फाइदा पुग्छ ।

तौल नियन्त्रण

अहिले धेरैजसो मोटोपनको शिकार भएका छन् । उनीहरुलाई मोटोपन कसरी घटाउने भन्ने चिन्ता छ । यदि नियमित रुपले पैदल हिँड्ने हो भने धेरै हदसम्म मोटोपनि पनि नियन्त्रण हुन्छ ।

मधुमेहमा लाभ

मस्तिष्कलाई फाइदा

नियमित रुपमा दैनिक आधा घण्टा हिँड्नुपर्छ, मस्तिष्क पक्षघातको खतरा करिब ३० प्रतिशत कम हुन्छ । भनिन्छ, नियमित पैदल हिँड्दा मस्तिक पनि स्वस्थ्य हुन्छ । बिहान खाली खुट्टा हरियो चौरमा हिँड्दा आँखाको दृष्टि बढ्छ ।

मुड खराब भएमा

कहिले काहीँ एकोहोरो काम गरिरहँदा हाम्रो मुड खराब हुन्छ । हामीलाई दिक्क लाग्छ, झर्को लाग्छ । मुड एकनास रहँदैन । स्थिर र शान्त रहँदैन । यदि त्यसो हो भने तीस मिनेट जति पैदल हिँड्नुपर्छ, यस्तो समस्याबाट मुक्ती पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment