+
+

नदी उत्खननका विषयमा गृह मन्त्रालयमा पाँच मन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १५:५५

१३ माघ, काठमाडौं । अवैध नदी उत्खननको विरोध गर्ने जनकपुरका युवा दिलिप महतोको हत्या भएको १८ दिनपछि गृहमन्त्रायले बढ्दो प्रकृति दोहनको विषयमा छलफल गर्न बैठक बोलाएको छ ।

महतो हत्या प्रकरणपछि विकसित घटनाक्रम अनुसार गृहमन्त्रालयमा बसेको मन्त्रिस्तरीय बैठकले नदी उत्खननसम्बन्धी राष्ट्रिय मापदण्डलाई यथाशीघ्र पारित गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वसन्त नेम्बाङलगायत सहभागी बैठकले संघीय मामिला मन्त्रालयले तयार पारेको मापदण्ड चाँडो पारित गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

हाल कानून मन्त्रालयमा रहेको मापदण्ड मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । बैठकले नदी उत्खनन् र प्रयोगबारे विस्तृत छानविन गरी प्रतिवेदन बुझाउन समिति पनि गठन गर्ने निर्णय गरेको छ ।

अन्तर मन्त्रालय समन्वय गरी कानून कार्यान्वयन सुनिश्चित गर्न गृह मन्त्रलायका सहसचिवको संयोजकत्वमा पाँच वटै मन्त्रालयका सह–सचिव सदस्य रहने समिति बनाउने निर्णय भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?