Comments Add Comment

गोरखपुर-रुपन्देही प्राकृतिक ग्यास पाइपलाइन बनाउन गृहकार्य

१३ माघ, काठमाडौं । नेपाल-भारत प्राकृतिक ग्यास पाईपलाईन आयोजना अगाडि बढाउन भारत सकारात्मक देखिएको छ । प्राकृतिक ग्यासको पहिलो अन्तरदेशीय पाइपलाईन आयोजना अघि बढाउन नेपालले गरेको प्रस्तावमा भारतले व्यवसायिक सुनिश्चितता माग गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन विछ्याई दिन नेपालले भारतलाई प्रस्ताव गरेको थियो । नेपालको प्रस्तावपछि भारतीय पक्षले नेपालमा एलएनजि ग्याँस मागको विवरण र आयोजनाको व्यवसायिक रुपमा उपयुक्त हुने ‘सम्भाव्य अफटेक ग्यारेन्टी’ माग गरेको मन्त्रालयका आपूर्ति व्यवस्था महाशाखा प्रमुख ध्रुव घिमिरेले बताए ।

‘नेपाल आयल निगमले पेश गर्ने व्यवसायीक सुनिश्चितता पछि पाइपलाइन निर्माणको मोडालिटी र लागत निश्चित गरी प्राकृतिक ग्यास पाईपलाईन निर्माणको प्रक्रिया अघि वढाउन भारत सकारात्मक भएको छ,’ सहसचिव घिमिरेले भने ।

पुस अन्तिम साता नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याँस सम्वन्धी जोइन्ट वर्किङ ग्रुपको बैठकमा नेपाल-भारतवीच अन्तरदेशीय प्राकृतिक ग्यासको पाइपलाइन विछ्याउने विषयमा छलफल भएको थियो ।

भारतको सकारात्मक जवाफपछि नेपालमा प्राकृतिक ग्याँस खपतको पछिल्लो अवस्थाबारे भारतीय पक्ष र नेपाल आयल निगमले थप अध्ययन गर्ने निगमका महाप्रवन्धक सुरेन्द्रकुमार पौड्यालले बताए । नेपालमा फर्टिलाईजर प्लान्ट, औद्योगिक तथा व्यापारिक प्रयोजन र घरायसी उपयोगमा समेत प्राकृतिक ग्यास प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment