Comments Add Comment

लुम्बिनी चिनी मिल सरकारको सम्पर्कमा, बक्यौता तिर्ने प्रतिवद्धता गरेन

१३ माघ, काठमाडौं । लुम्बिनी चिनी मिलको सम्पर्क व्यक्तिको रुपमा कैलाशचन्द्र गोयल सरकारको सम्पर्कमा आइपुगेका छन् ।

उखु किसानको १० करोड ७४ लाख रुपैयाँ भक्तानी गर्न बाँकी रहेको उक्त मिलको सञ्चालक खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २३ गते गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

मिल सञ्चालक मनिष अग्रवालको आफू बहिनी ज्वाँइ भएको बताउँदै उनी मन्त्रालयको सम्पर्कमा आइपुगेको मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिए ।

चिनी उत्पादक संघका अध्यक्ष सशीकान्त अग्रवालले पठाएको भन्दै मन्त्रालयमा आएका उनले किसानको भुक्तानीबारे भने कुनै प्रतिबद्धता नगरेको सहसचिव घिमिरेले बताए ।

मिल सञ्चालक अग्रवालकी पत्नी भारतमा रहेको गोयलले मन्त्रालयमा जानकारी गराएका छन् । सहसचिव घिमिरेका अनुसार गोयलले आफूले किसानको भुक्तानीका लागि पहल गर्ने मौखिक प्रतिबद्धता भने जनाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ८ गते अर्थ मन्त्रालयलाई पत्र पठाएर मिल सञ्चालकको सम्पूर्ण आर्थिक कारोबार रोक्का गरेको थियो । माघ ७पछि किसानको भुक्तानी सम्बन्धमा थप प्रगति भने हुन नसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment