Comments Add Comment

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

१४ माघ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको पेसी मंगलबार पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए । मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना प्रधान मल्लकै इजलासमा परेको हो ।

यसअघि पहिलो दिन न्यायाधीश हरि फुयाँलको इजलासमा यो मुद्दा परेको थियो । फुयाँलले हेर्न नमिल्ने भन्दै मुद्दा पन्छाएपछि सोमबार न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको थियो ।

सभामुखमाथि लागेको अभियोगबारे सर्वोच्चमा सोमबारबाट बहस सुरु भएको छ । पहिलो दिन निवेदकको तर्फ त्रिपाठी, सुनील पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका छन् ।

न्यायाधीश प्रधानको इजलासमा मंगलबार एउटै मात्र पेसी तोकिएको छ । स्रोतका अनुसार, प्रधानले निवेदकतर्फबाट बहस गर्ने वकिलहरूलाई आफ्नो तर्क राख्न पर्याप्त समय दिएकी छन् ।

सभामुखमा निर्वाचित भएर सापकोटाले कार्यभार सम्हालीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment