+
+
Shares

दक्षिण कोरियामा श्रमरत कर्णालीवासी संगठित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते ११:३५

काठमाडौं । दक्षिण कोरियामा श्रमरत कर्णालीवासीहरु संगठित भएका छन् । कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर पहिलोपटक संगठित भएका हुन् ।

‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सम्पर्क मञ्च, दक्षिण कोरिया गठन गरिएको हो ।

सुवन सहरको खप्तड रेस्टरेन्टमा भएको भेलाले पदम बहादुर बस्नेत (प्रकाश)को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

मञ्चको बरिष्ठ उपाध्यक्षमा केपी कुसारी उपाध्याय, उपाध्यक्षमा धर्म तिहारी र प्रदीप खत्री, महासचिवमा भक्तराज योगी, कोषाध्यक्षमा कमल केसी र सचिवमा भीम रोकाय चयन भएका छन् ।

सदस्यहरुमा गणेश कोइराला, संजय वली, डलु भण्डारी, हरिस चन्द्र, भेषबहादुर थापा र तिलक हमाल रहेका छन् ।

भेला लक्ष्मीनारायाण बस्नेतको अध्यक्षता र एनसीसीका उपाध्यक्ष तुलस गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?