Comments Add Comment

चिमी अभिला : बार्सिलोनाको निकै नजिक तर धेरै टाढा

काठमाडौं । फुटबल सधैँ सुन्दर खेल हुँदैन । कुनै बेला यो अभिषापसमेत बन्न सक्छ । ओसासुनाका चिमी अभाललाई भन्दा बढी कसलाई थाहा होला, अहिले यसको नतिजाबारे ।

जो खेलाडी स्पानिस जायनट बारसिलोनाको नजिक पुगेका थिए तर लिगामेन्ट इन्जुरीका कारण उनको सपना अन्त्य भएको छ ।

अर्जेनटाइन अभिला यस सिजन उत्कृष्ट लयमा थिए । उनले ला लिगामा २० खेल खेल्दै ९ गोल गरिसकेका थिए ।

उनको लयले गर्दा बार्सिलोना एट्लटिको मड्रिडजस्ता ठूला क्लबको ध्यानाकर्षण गरेका थिए । तर ला लिगाअन्तर्गत लेभान्टेविरुद्धको पछिल्लो खेलमा घुँडामा चोट लागेपछि उनी पूरा सिजनभरका लागि बाहिरिए ।

इन्जुरीभन्दा केही दिनअघि मात्र उनका एजेन्ट जोर्ज बिलिची बार्सिलोनासँगको अनुबन्धको छलफल गर्न क्याम्पनोउ पुगेका थिए ।

अभिला युरोप बाहिरको भएकाले मात्र केही समस्या परेको थियो ।

उसो त बार्सिलोनाकै निर्देशकहरू समेत अभिला ल्याउने वा भ्यालेन्सियाका रोड्रिगो मोरेनो भन्नेमा मतभेद थियो । तर अभिलाको प्राइस ट्याग २५ मिलियन युरो रहेको त्यो राम्रो रहेको ठम्याइ थियो ।

भ्यालेन्सियाका रोड्रिऊभन्दा अभिलाकै प्रदर्शन राम्रो देखिएको थियो । पछिल्लो १२ महिना अभिलाले राम्रो प्रदर्शन गरेका थिए । उनले ३०१९ मा २० गोल गरेका थिए । रोड्रिऊवले यस सिजन जम्मा ४ गोलमात्र गरेका छन् । २ ला लिगा र २ च्याम्पियन्स लिगमा ।

अभिला विश्वकै उत्कृष्ट क्लबको नजिक पुगेका थिए जसले उनको जीवन नै परिवर्तन गर्न सक्थ्यो जो एक सामान्य पृष्ठभूमिबाट आएका थिए ।

कुनै बेला आफ्नो भर्खंर जन्मिएको सन्तान हेर्न जाने बस भाडासमेत उनीसँग थिएन । त्यसैले उनी त्यसका लागि ३०किलोमिटर साइकल यात्रा गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment