+
+
Shares

१० हजार घुससहित आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्यप्युटर अधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १६:२८

१४ माघ, काठमाडौं । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् ।

विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् ।

विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिइएको टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?