Comments Add Comment

सावित्रा एक्लैले ५ गोल गरेपछि गोकुलम केरलाको लगातार दोस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी अर्थात साम्बाले भारतमा भइरहेको हिरो इन्डियन वुमन्स लिगमा लगातार गोल गर्दा उनको टिम गोकुलम केरलाले लगातार दोस्रो जित हात पारेको छ ।

सावित्रा एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि गोकुलमलले केन्क्रे एफसीलाई १०-१ ले पराजित गरेको हो । बैंगलोर पुटबल स्टेडियममा मंगलवार भएको खेलमा सावित्राले खेलको सातै मिनेटमै पहिलो गोल गरेकी थिइन् ।

यस्तै १९औं मिनेटमा दोस्रो गोल गरेकी सावित्राले पहिलो हाफको इन्जुरी टाइममा ह्याट्रिक पूरा गरिन् । यस्तै ४८औं र ६१औं मिनेटमा गोल गरिन् । गोकुलमका लागि करिस्मा शिर्भोइकरले पनि ह्याट्रिक गरिन् । उनले खेलको तेस्रो मिनेट १७औं र ५१औं मिनेटमा गोल गरिन् । यस्तै मनिसाले २०औं र ३०औं मिनेटमा गोल गरिन् ।

लगातार दोस्रो जितपछि गोकुलम समूह बी मा ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment