+
+
Shares

कलैया उपमहानगरपालिका–५ का वडाध्यक्ष मण्डलको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १९:०३

१४ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम अयोध्या मण्डलको निधन भएको छ । मण्डलको सोमबार साँझ बरेवा घुसुकपुर टोलस्थित आफ्नै निवासमा निधन भएको हो ।

तत्कालिन नेकपा एमालेबाट उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी लामो समयदेखि लिभर क्यान्सर रोगबाट ग्रसित थिए । नगरपालिकाले उनको उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो । उनको १ छोरा र ५ जना छोरी छन् ।

यसैबीच वडा अध्यक्ष मण्डलको निधनको शोकमा कलैया उपमहानगरपालिकामा भोलि बुधबार बिदा दिने निर्णय भएको छ । वडा अध्यक्षको निधनपछि आकस्मिक रुपमा बसेको बैठकले किरिया खर्च समेत नगरपालिकाले नै उपलब्ध गराउने निर्णय गरेको वडा नं १० का अध्यक्ष डा अख्तर आलम अन्सारीले जानकारी दिए ।

आकस्मिक बैठकमा नगर प्रमुख राजेश राय यादव, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरु उपस्थित थिए । बैठकपछि उनीहरुले मृतक वडा अध्यक्ष मण्डलको घर पुगेर श्रद्धाञ्जली दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?