+

लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला फाइनलमा

२०७६ माघ  १५ गते ११:२८ २०७६ माघ १५ गते ११:२८
लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला फाइनलमा

१५ माघ, काठमाडौं । एस्टन भिल्ला ईएफएल कप (काराबाओ कप) को फाइनलमा प्रवेश गरेको छ। प्रिमियर लिग प्रतिस्पर्धी लेस्टर सिटीलाई २ लेगको खेलमा ३–२ ले पारजित गर्दै एस्टन भिल्लाले फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेग १–१ को बराबरी खेलेको भिल्लाले दोस्रो लेगमा लेस्टरलाई २–१ ले पारजित गरेको हो ।

भिल्ला पार्कमा भएको खेलमा म्याथ्यु ६रागेटले १२ औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा केलेची इहनाचोले लेस्टरका लागि बराबरी गोल फर्काए । तर इन्जुरी टाइमको चौथो मिनेटमा मोहमद ट्रेजग्वेटले गोल गर्दै भिल्लालाई जिताए र फाइनलमा पुर्‍याए ।

एस्टन भिल्लाले अब उपाधिका लागि म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडको विजेतासँग खेल्नेछ। पहिलो लेग सिटीले ३–१ ले जितेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय