Comments Add Comment

नेकपा महाधिवेशन २०७७ चैत अन्तिम साता गर्ने प्रस्ताव

१५ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।

नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ । नेकपाको यो कतिऔं महाधिवेशन हुने भन्ने खुलाइएको छैन ।

यो पनि पढ्नुहोस यतीसँग मितेरी साइनो छैन, व्यापारिक घरानाको विवादमा परिन्न : प्रधानमन्त्री

यसअघि तत्कालिन नेकपा एमालेले नवौं महाधिवेशन गरेको थियो भने तत्कालिन माओवादीले सातौं गरेको थियो । एकता महाधिवेशनलाई कतिऔं भन्ने टुंगो सम्भवतः केन्द्रीय कमिटी बैठकले लगाउनेछ ।

नेकपाले महाधिवेशन २०७७ मा गर्ने भनेपनि मिति तोकेको थिएन । महाधिवेशन र अधिवेशनहरुअघि पार्टीले देशब्यापी विशेष अभियान सन्चालन गर्ने भएको छ । सो अभियानका क्रममा पार्टी र सरकारको पक्षमा जनमत निर्माण गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment