
नायक विपिन कार्कीको अभिनयलाई नरुचाउने दर्शक कमै होलान् । हरेक चलचित्रमा आफूलाई भिन्न गेटअपमा प्रस्तुत गर्न सक्ने विपिनको प्रशंसक लाखौ छन् ।
विशेषगरि, विपिन अभिनित चलचित्र हेर्दा दर्शकले पर्दामा उनलाई भन्दा पनि उनको क्यारेक्टरलाई संझन्छन् । कहिले ‘भष्मे डन त कहिले फणिन्द्र’, विपिनले हरेक चलचित्रमा फरक भूमिका निर्वाहा गरेका छन् ।
तर, के चलचित्रको पर्दामा दर्शकले विपिनको हिरोइज्म देख्न नपाउने हुन् त ? यो बिषयमा विपिनले अनलाइनखबरसँग भने–‘देख्नै नपाउने भन्ने त होइन । मलाई केही यस्ता चलचित्रको पनि अफर आएको थियो । तर, मैले नै गरिनँ ।’
विपिनले, आफूले हरेक चलचित्रमा क्यारेक्टरमा ध्यान दिएर काम गर्दा कतै मलाई हिरोइज्म देखिने भूमिका गर्न नै आउँदैन कि भन्ने सोच दर्शकमा आएको पनि बताए । उनले भने–‘मैले, यस्तो भूमिका गर्नै नसक्ने भन्ने होइन । इलामको चिया बगानमा गएर मलाई पनि नायिकासँग नाच्न मन छ । तर, कथावस्तुको प्रस्तुति नै सोही अनुसार हुनुपर्छ ।’
‘कथामा जर्बजस्ती नाँचेको र फाइट हानेको दृश्य समावेश गरेर पनि हुँदैन । तर, मलाई यस्तो भूमिका गर्ने रहर छ’, विपिनले भने ।
प्रतिक्रिया 4