Comments Add Comment

ईपीएलमा चितवन टाइगर्सबाट मोहम्मद साहजादले खेल्ने

चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)२०२० का लागि पहिलो विदेशी खेलाडीको रुपमा मोहम्मद साहजादलाई भित्राउने भएको छ ।

अफगानिस्तानका विस्फोटक ओपनिङ ब्याट्सम्यान एवंम विकेटकिपर साहजादस“ग अवुधावी ट्वेन्टी-२०, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिगमा खेलेको अनुभव छ ।

उनीसँग एकै दिनमा ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दुई अर्धशतक प्रहार गरेको युनिक कीर्तिमान छ, उनले २०१७ को जनवरीमा बिहान ओमानसँग सेमिफाइनलमा र आयरल्यान्डसँग बेलुका फाइनलमा अर्धशतक बनाउदै अफगानिस्तानलाई दुबईमा डिजर्ट ट्वान्टी-२० च्यालेन्जको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए ।

३३ वर्षे साहजादले अफगानिस्तानबाट २ टेस्ट, ८४ वानडे इन्टरनेश्नल र ६५ टवेन्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

फर्स्ट क्लास क्रिकेटमा उनको ब्याटिङ औषत ५० भन्दा माथि छ । उनले सबै फर्मयाटमा गरी १३ हजारभन्दा बढी रन बनाएका छन् । एक समय विश्व क्रिकेट लिग डिभिजन ५ मा
रहेको अफगानिस्तानलाई वानडे अन्तर्राष्ट्रिय र टेस्ट मान्यता दिलाउन साहजादको ठूलो भूमिका रहेको थियो ।

चितवन टाइगर्सले हालै मात्र ट्रेडमार्फत नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीलाई लिएको थियो । साथै चितवन टाइगर्सको टोलीमा रहेका फास्ट बलर कमलसिंह ऐरी राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

चितवन टाइगर्समा दिलीप नाथ, ललितसिंह भण्डारी, सन्दीप सुनार, भिम सार्की, इशान पाण्डे, साहव आलम लगायतका खेलाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment