Comments Add Comment

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

१५ माघ, जनकपुरधाम ।  प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरे ।

जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन संचालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु हो । भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मत लगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ ।

तालिम केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पुर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
‘कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै आवश्यक हुन्छ । यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भने, ‘हामीलाई खुसी लागेको छ कि एमएडब्लु, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौं । यसले देशलाई आवश्यक जनशक्ति र रोजगार सिर्जना गर्नेमा हामी विश्वस्त छौं ।’

त्यसैगरी, प्रदेश नं २ का सामाजिक विकासमन्त्रीले नवल किशोर साहले एमएडब्लुको कदमको प्रशंसा गरे । ‘निजी क्षेत्र नाफामुखी मात्र हुनुहुँदैन । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर एमएडब्लुको सुरु गरेको यो परियोजनाले स्वदेशमै रोजगार सिर्जना गर्छ । यो उदाहरणीय कार्य हो । यसका लागि एमएडब्लुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेबारी भएको बताए ।

‘एमएडब्लुका संस्थापक प्रहलाद राय अग्रवालले शिक्षा र सिप विकासको क्षेत्रलाई सधैं महत्व दिनु भयो । उहाँको यो आदर्शलाई निरन्तरता दिँदै हामीले दोस्रो तालिम केन्द्र स्थापना गरेका हौं ।’ उनले भने ‘यस्ता तालिम केन्द्रहरु देशका विभिन्न स्थानमा स्थापना गरेर रोजगारी सिर्जना गर्ने हाम्रो योजना रहेको छ ।’

नेपालको लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.अन्तर्गतको ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जेसीबी अपरेटर तालिम केन्द्रको संचालन सुरु गरेको हो ।

यो एमएडब्लु अर्थमुभर्सले संचालन गरेको दोस्रो तालिम केन्द्र हो । एमएडब्लु अर्थमुभर्सले विगत आठ वर्षदेखि युसेपसँग सहकार्य गरेर भक्तपुरको सानो थिमीमा अपरेटर तालिम केन्द्र संचालन गर्दै आएको छ जहाँबाट तीन हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भई देशविदेशमा रोजगार बनेका छन् ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।

जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment