+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुर्खेत घटनामा टिपरधनीविरुद्ध किटानी जाहेरी दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते २०:१९

१५ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव टिपरधनीविरुद्ध किटानी जाहेरी दिने सहमतिपछि साम्य भएको छ ।

पहिलो पटक ठक्कर दिँदा हात भाँचिएर सडकमा लडेका महावै गाउँपालिका–३ का २० वर्षीय केशवबहादुर सिंहलाई टिपर पछाडि सारेर हत्या गरिएको दाबी गर्दै परिवारले किटानी जाहेरी दिने तयारी गरेको हो ।

यद्यपि, जाहेरी कुन कसूरमा दिने भन्ने निर्क्यौल भइसकेको छैन ।

पीडित परिवार संघर्ष समितिका संयोजक राजन सिंहले भनेका छन्, ‘टिपर ब्याक गरेर २० मिटरबाट लछारी टिपर मालिकको प्रत्यक्ष निर्देशनमा क्रुरतापूर्ण तरिकाले किचेर हत्या गरिएको छ ।’

यो विषय प्रहरी अनुसन्धानले भने पुष्टि गरिसकेको छैन । मंगलबार घटना भएदेखि नै प्रदर्शन जारी रहेकाले अनुसन्धानले गति पाउन नसकेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

बुधबार भएको प्रशासनसँग भएको छलफलमा पीडितले सवारीधनीलाई बोलाउन माग गरेका थिए । तर, सवारीधनी हरि विसी मोबाइल ‘स्वीच अफ’ गरेर सम्पर्कविहीन बनेको अधिकृतहरुको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी पनि भन्छन्, ‘पीडितको माग अनुसार हामीले उहाँलाई बोलाउन खोजेका हौं । तर, उहाँ आउनुभएन । व्यवसायी संघबाट आउनुभयो ।’

विसी छलफलमा उपस्थित नभएपछि परिवारले जाहेरी दिने निष्कर्षसहित संघर्षलाई शान्तिपूर्ण बनाउने सहमति गरेको अधिकारीले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘सहमतिअनुसार उहाँहरुले यरी चोकमा शान्तिपूर्ण जुलुस निकालेर कोणसभा गर्नुभयो ।’

साथै, संघर्ष समितिले बिहीबार सुर्खेत बन्द गर्ने पनि घोषणा गरेको छ ।

सिंहको मृत्युपछि झडप हुँदा नेपाल प्रहरीका २२, सशस्त्र प्रहरीका ३ जवान र ८ जना सर्वसाधारण घाइते छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणमा आएन । त्यसपछि प्रशासनले बुधबार बिहानसम्म कर्फ्यू आदेश नै जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?