
१६ माघ, काठमाडौं । आज वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदैछ ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ ।
विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ ।
विशेष गरी आजका दिन काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा पूजा आराधान गर्नेहरुको भिड लागेको छ ।
लाइन लागेर ‘स्वस्वती माता’को पूजा आराधाना गरिएको छ ।
बालबालिकाहरुले मन्दिरमा ‘कखरा’ र ‘एबीसीडी’ लेख्न सिकेका छन् । आफैले लेखेका अक्षर देखेर उनीहरु हर्षित देखिन्छन् ।
हेरौं थप तस्वीरहरु –
प्रतिक्रिया 4