Comments Add Comment

विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र मकाजु

१६ माघ, काठमाडौं । सरकारले विश्व विद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा प्रा. डा. धर्मकान्त बास्कोटा र प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठलाई नियुक्ति गरेको छ ।

दुबै जनालाई १३ माघमा बसेको मन्त्री परिषद् बैठकले सदस्यमा नियुक्त गरेको सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

बास्कोटा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हुन भने मकाजु काठमाडौं विश्व विद्यालयका उपकुलपति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment