+
+
Shares

सञ्चालनमा आयो मिर्मीमा नयाँ सबस्टेसन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १६:११

१६ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माणगरि सञ्चालनमा ल्याएको छ ।नेपाल बिद्युत प्राधिकरण योजना तथा प्राबिधिक सेवा बिभाग अन्तरगतको बिस्तारित विद्युत् वितरण आयोजना र बितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो ।

कालिगण्डकी जलबिद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको ईटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ ३३/११ के.भी. १.५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर बाट लाईन बितरण गरिएकोमा उक्त सबस्टेसनको स्तरोन्नति गरी  ३३/११ केभी,  ६/८ एम.भी.ए. को पावर ट्रान्सफर्मर जडान गरिनुका साथै करिब १२ किलो मिटर ११ केभी लाईनसमेत निर्माण गरिएको छ ।

२०६८ सालदेखि उक्त स्थानमा एशियाली बिकाश बैङ्कको सहयोगमा सबस्टेसन निर्माण कार्यको थालनि गरिए पनि उक्त ठेक्का लिएको भारतिय निर्माण कम्पनी अरावली ईन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उस्ले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको इनर्जी प्याक ईन्जिनियरिङ लिमिटेडले पुरा गरेको हो ।

हाल उक्त स्थानमा सञ्चालन गरिएको सबस्टेसनबाट स्याङ्जाको मिर्मी लगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मीको केही भाग, पर्वत जिल्लाको केही भाग लगायत रुरु क्षेत्रमा समेत विद्युत् सेवाको गुणस्तरमा सुधार र  बितरण प्रणालीमा सहज भई करिब ९००० घर धुरीले गुणस्तरीय र भरपर्दो विद्युत् प्रयोग गर्न पाएको स्याङ्जा बितरण केन्द्रका प्रमुख ईञ्जिनियर दिलिप मरासिनीले बताए ।

हाल उक्त नया सबस्टेसनबाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ केभी फिडरको लागि लाईन बितरण गर्ने सँरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक ईन्जिनियर दुर्गा दत्त सुबेदीले बताए ।

उक्त सबस्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनीले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माण कार्य जारी राखेको समयमा केही स्थानिय बासिन्दाबाट काममा रोकावट भई काम हुन नसकेकोमा हाल उक्त स्थानमा कालिगण्डकी गाँउपालिका, स्याङ्जा वितरण केन्द्र र कालिगण्डकी जल विद्युत् केन्द्रको समन्वयमा उक्त नो लाईट भबनको बाँकी काम  समेत अबको १ महिनाभित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडी बढाईएको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?