
१६ माघ, काठमाडौं । नेपाल इन्डिया चाईना एक्पो (नाईस) कार्यक्रम सरेको छ । आगामी फेब्रुअरी २२ देखी २५ सम्म काठमाडौंमा त्रिदेशीय ट्राभल एक्स्पो आयोजनाको तयारी थियो ।
तर, चीनमा फैलिएको कोरानो संक्रमणका कारण चिनियाँ प्रतिनिधिको सहभागिता अनिश्चित भएका कारण तत्कालका लागि कार्यक्रम पछिका लागि सारिएको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।
पाटाले नेपाल भ्रमण वर्ष २०२० सचिवालयसँगको समन्वयमा नाइस आयोजनाको तयारी गरिरहेको थियो ।
कोरोना भाइरसका कारण चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनीधिको सहजरुपमा सहभागी हुने अवस्था नरहेकाले कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको हो ।
आयोजकका अनुसार एक्स्पो यसै वर्ष आयोजना हुने गरी पछाडि सार्ने निर्णय भएको पाटा नेपालले जानकारी दिएको छ ।
यद्यपी मिति भने तोकिएको छैन । कोरोना भाइरसका कारण उत्पन्न संकटपूर्ण अवस्थामा आमन्त्रित प्रतिनिधिको स्वाथ्य सुरक्षालाई मध्यनजर गदैं पूर्व सावधानीस्वरुप यस्तो निर्णय लिइएको बताएको छ ।
पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अध्ययन गरिएको र परिस्थिति सहज हुनासाथ कार्यक्रमको नयाँ मिति तोकिने जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नाईस एक्स्पोे नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको सफल आयोजनामा सहयोग पुर्याउने आश्वासन दिए ।
पाटा नेपालका प्रमूख कार्यकारी अधिकृत सुरेशसिहं बुडालका अनुसार अहिले नाइस एक्स्पोको तयारी पुरा भएपनि विशेष परिस्थितिका कारण स्थगित गर्नुपरेको उल्लेख गरे ।
प्रतिक्रिया 4