
१६ माघ, काठमाडौं । मन्त्रिपरिषद्को १३ माघमा बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि एक वर्ष थप गर्ने, विश्वविद्यालय अनुदान आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद्ले जलवायु परिवर्तन तथा विपद्बाट हुनसक्ने सम्भावित जोखिम बहन गर्न विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने पाँच अर्ब डलर बराबरको ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णयहरूः
प्रतिक्रिया 4