+
+
Shares

पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल, साढे १ अर्ब लागत

अमृत सुवेदी अमृत सुवेदी
२०७६ माघ १६ गते २०:२८

१६ माघ, पोखरा । पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो ।
क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको जनाएको छ ।

अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३५ रोपनी जग्गामा बन्ने अस्पताल निर्माण सम्पन्न गर्न १ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरिएकोे छ ।

‘गण्डकी प्रदेश सरकारले छुट्याएको रकमलाई बीऊ पुँजी मानेर अस्पताल निर्माणको थालनी भएको छ । प्रदेशले अर्को वर्ष थप रकम विनियोजन गर्ने छ,’ पोखरा नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकारले भनिन् ।

संघीय सरकार, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, विद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना लगायतबाट बाँकी बजेट जुटाइने ताम्राकारले जानकारी दिइन् ।

अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३५ रोपनी जग्गामा बन्ने अस्पताल निर्माण सम्पन्न गर्न १ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरिएकोे छ ।

३ सय शैय्याको नर्सिङ अस्पतालमा ओपीडी, मर्चुरी, प्रयोगशाला, फार्मेसी, अक्सिजन प्लान्ट, ब्लड बैंकलगायतको भौतिक संरचना बन्ने छ । ५ वर्षमा अस्पताल निर्माण सकिने प्रमुख ताम्राकारले जानकारी दिइन् ।

‘दक्ष र गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने यो नेपालमै पहिलो नर्सिङ अस्पताल हुने छ,’ ताम्राकारले भनिन्, ‘अरु नर्सिङ क्याम्पसले शिक्षण अस्पताल चलाएका छैनन् ।’

अस्पातलको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् । शिलान्यासपछि अर्थमन्त्री गुरुङले प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण हुने बताए ।

‘दक्ष जनशक्ति उत्पादन गरेर गुणस्तरीय नर्सिङ सेवा दिने गरी अस्पताल निर्माण गर्न गण्डकी प्रदेश सरकारले यसै वर्ष पनि १ करोड रुपैयाँ विनियोजन गरेका छौं,’ गुरुङले भने, ‘अर्को आर्थिक वर्षमा अझ बजेट वृद्धि हुने छ भने हामीले समन्वय पनि गर्नेछौं ।’

२०३९ साल फागुनमा सीएमए कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थी लिएर अध्यापन सुरु भएको पोखरा नर्सिङ क्याम्पसमा अहिले २ सय ३८ नर्सिङ विद्यार्थी अध्ययनरत छन् । २०४१ सालदेखि नर्सिङ कार्यक्रम अन्तर्गतका प्रवीणता प्रमाणपत्र तहका कक्षाहरु सुरु भएको थियो ।

०६२ मा नर्सिङ क्याम्पसले २० जना विद्यार्थीबाट स्नातक तहका कक्षाहरु सञ्चालन थालेको थियो । हाल स्नातक तहमा ४० जनाको कोटा छ । २०७४ सालदेखि चाइल्ड हेल्थ नर्सिङ, एडल्ट नर्सिङ र वुमन्स हेल्थ एन्ड डेभलपमेन्ट गरी ३ विषयमा स्नातकोत्तरको कक्षा सुरु भएको थियो । अहिले १५ जना स्नातकोत्तरमा अध्ययनरत छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?