+
+
Shares

महाधिवेशन चुनावअघि वा पछि भन्नुपर्दैन : कांग्रेस नेता यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवले महाधिवेशनको कार्यतालिका सुरु गर्दा चुनावअघि वा पछि भन्न नपर्ने बताउनुभयो।
  • यादवले महाधिवेशन नियमित प्रक्रिया अनुसार सुरु गर्नुपर्ने र छिटो सम्पन्न गर्ने प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो।
  • उहाँले मुलुक तरल अवस्थामा भएकाले महाधिवेशनको लागि निश्चित समय निर्धारण आवश्यक नरहेको र कांग्रेस तयार नभई संसद् पुनःस्थापना वा निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो।

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवले महाधिवेशनको कार्यतालिका सुरु गर्दै जाँदा चुनावअघि वा पछि भन्नु नपर्ने बताएका छन् ।

केन्द्रीय समितिमा यादवले महाधिवेशन नियमित गर्नुपर्ने बताए ।

‘अधिवेशनको काम नियमित प्रक्रिया अन्तर्गत अगाडी बढ्नुपर्छ । आजबाट सुरु गर्नुपर्छ । र, यो विशेष भन्ने पनि छैन, अर्ली भन्ने पनि छैन, भर्खरै भन्ने पनि छैन,’ यादवले भने, ‘अनन्तकाल सम्म यही लानुपर्छ भन्ने पनि छैन । अहिलेबाट सुरु गर्ने हो । काम आफ्नो गर्दै जाने हो, हेर्दै जाने हो । जति सकिन्छ छिटो गर्ने हो ।’

मुलुक तरल अवस्थामा रहेको उल्लेख गर्दै यादवले देशमा कुन बेला, के हुनेमा परिस्थिति थाहा नभएको हुँदा महाधिवेशनको लागि महिना यकि गर्न आवश्यक नरहेको उनले बताए ।

‘तरल अवस्थामा छ, कतिखेर के हुने हो थाहा छैन । त्यो त आफ्नो प्रक्रियामा जाने हो । जाँदै क्रममा चाहिँ सकेसम्म सम्पन्न गर्दै जाने हो । सिधा गर्दै जाने हो,’ यादवले भने ।

कांग्रेस तयार नभई संसद्‌ पुन:स्थापना वा निर्वाचन हुन नसक्ने यादवले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?