News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले महाधिवेशनको तयारीमा १६५ निर्वाचन क्षेत्रमा दुई दिन भित्र नयाँ सदस्यता फाराम पुर्याउने निर्णय गरेको छ।
- सदस्यता व्यवस्थापन समितिले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फाराम पठाउने र पासकोड वितरण गर्ने निर्णय गरेको छ।
- समितिका सदस्यहरूले बिहीबार सबै प्रदेशमा क्रियाशील सदस्यताको अवस्था बारे छलफल गर्ने योजना बनाएका छन्।
१७ मंसिर, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले दुई दिन भित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फर्म पठाउने निर्णय गरेको हो ।
नयाँ सदस्यता फर्म पठाउँदा क्षेत्रमा जनसंख्या र क्लष्टरको आधारलाई समेत मापदण्ड बनाइएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी गराए ।
बैठकले नवीकरणका लागि सबै जिल्ला समितिलाई पासकोड समेत पठाउने निर्णय गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षति पुगेका कार्यालयमा अभिलेखको अवस्थाबारे जानकारी क्रियाशील सदस्यता व्यवस्थापन समितिले लिने भएको छ ।
शुक्रबार सबै भ्राृत संस्थाका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका बारेमा छलफल गरिने भएको छ ।
सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा लिनका लागि छलफल गर्ने लागिएको रसाइलीले जानकारी गराए ।
समितिका तीन सदस्य स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरीले बिहीबार सबै प्रदेशमा क्रियाशील सदस्यताको अवस्था बारे छलफल गर्ने भएका छन् ।
प्रतिक्रिया 4