News Summary
Generated by OK AI. Editorially reviewed.- पारस बम निर्माता रोहित अधिकारीको फिल्म 'भाइटीका' मा अनुबन्धित भएका छन्।
- अभिनेता धीरज मगर बाहिरिएपछि उनको ठाउँमा पारस बमलाई फिल्ममा ल्याइएको छ।
- फिल्म 'भाइटीका' को प्रदर्शन २०८३ सालको तिहार छेकोमा हुने अपेक्षा गरिएको छ।
काठमाडौं । ‘होस्टेल ३’ स्टार कूल ब्वाय (पारस बम) निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’ मा अनुबन्धित भएका छन् ।
केही दिनअघि निर्मातासँग अभिनेता तथा कन्टेन्ट क्रिएटर बमले लिखित सम्झौता गरेको स्रोतले जनायो ।
अभिनेता धीरज मगर बाहिरिएपछि उनको ठाउँमा कूल ब्वाय भित्रिएको जनाइएको छ । धीरज ‘ऐरी’ को छायांकनमा ब्यस्त हुनुपर्ने भएपछि निर्माताले पारसलाई फिल्ममा ल्याएका हुन् ।
डेढ महिनाअघि धीरजले निर्माता संघको रोहवरमा भएको बैठकमा तोकिएको मितिमा आफू छायांकनमा उपस्थित हुने लिखित सहमतिमा हस्ताक्षर गरेका थिए ।
फागुनदेखि छायांकन सुरु हुने अपेक्षा गरिएको ‘भाइटीका’को शीर्ष भूमिकामा यसअघि विपिन कार्की अनुबन्धित भैसकेका छन् । फिल्ममा विपिन र कूल ब्वाय मामाभाञ्जाको भूमिकामा हुने बुझिएको छ ।
विपिन फिल्ममा मुनाफा साझेदारको रुपमा पनि छन् । शीर्ष अभिनेत्री टुंग्याउन बाँकी रहेको जनाइएको छ ।
चर्चित कन्टेन्ट क्रिएटर कूल ब्वायलाई ‘होस्टेल ३’ ले मूलधारको घरेलु फिल्ममा अभिनय कलाकारको रुपमा प्रसिद्धी दिएको थियो ।
दीपक वलीले निर्देशन गर्ने फिल्म ‘भाइटीका’को पटकथा महेश दवाडीको हुनेछ । फिल्मको प्रदर्शन २०८३ सालको तिहार छेकोमा हुने अपेक्षा छ ।
प्रतिक्रिया 4