Comments Add Comment

प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा उद्घाटन

१६ माघ, बुटवल । प्रदेश न ५ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना गरिएको छ । प्रयोगशालाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

उनले जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए ।

मन्त्री बरालले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित नहुने बताए ।

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले प्रदेश स्तरीय प्रयोगशालाको लागि तिलोत्तमाले जग्गा दिन तयार रहेको बताउदै उपयुक्त स्थानमा प्रयोगशाला निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जन स्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले अहिले १२ जनाको दरवन्दी रहेको जानकारी दिदै प्रयोगशालाको लागी स्याम्पल लिन शुरु गरिने बताए ।

प्रदेश स्तरीय प्रयोगशालाले कार्यादेश पश्चात प्रदेशमा प्रयोगशाला सञ्चालनको अनुमति प्रदान गर्ने नियमन गर्ने तथा ल्याब टेष्टको कार्य गर्ने डा गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment