Comments Add Comment

सडक डिभाइडरमा गाडी ठोक्किँदा १ जनाको मृत्यु, तीन जना घाइते

१७ माघ, वीरगञ्ज । वीरगञ्जमा बिहीबार मध्यरातमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज-१० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी घाइते भएका छन् ।

घाइतेमध्ये धिरेन्द्रको टाउकोमा चोट लागेको छ भने सोनुको हात भाँचिएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ । उनीहरुलाई नारायणीमा प्रारम्भिक उपचारपछि क्रमशः पानी ट्यांकीस्थित न्युरो अस्पताल र अलि अर्थो अस्पतालमा लगिएको छ । सामान्य घाइते ओम उपचारपछि घर फर्किएका छन् ।

घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी राति साढे १२ बजेतिर मुर्लीचोक-नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment